आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछी नेपाली राजनीति वृत्त एकाएक झन तात्तियो। प्रधानमन्त्री देउवाले विश्वास मत लिने दिन नेकपा एमालेको लागि पनि उत्तिकै महत्वपुर्ण छ।
किनभने नेकपा एमाले बिवादको हलो एक हदसम्म यहि विषयमा अड्कीएको छ। देउवालाई विश्वासको मत दिने निर्णय माधव कुमार नेपाल पक्षले गरेपछी संस्थापन पक्षले भने विरोधी दलका नेतालाई विश्वासको मत दिनेलाई कारबाही गर्ने निर्णय गर्यो।
यहि विचमा माधव पक्षका नेता डा. भिम बहादुर रावलले आजैको दिन सांसद पदबाट राजिनामा दिएपछी आश्र्चयजनक स्थिती सृजना भएको छ। उनले राजिनामा घोषणा गर्दा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे त्यहि थिए। राजिनामा पत्र हातमा लिएर पत्रकार नजिक उभिएका रावल राजिनामा घोषणा गर्ने तयारीमा थिए।
नजिकै रहेका पाण्डे रावलतिर लम्किए। उनले रावलको हात समातेर तान्न खोजे। पाण्डे सायद रावललाई राजिनामा घोषणा गर्नबाट रोक्न खोज्दै थिए। तर, रावलले उनको प्रतिवाद गरे। रावलपछी त्यहा उपस्थित पत्रकारहरुले पनि पाण्डेलाई नरोक्न भने।
त्यसपछी भने पाण्डे त्यहा बसिराख्न उचित ठानेनन् र त्यहाबाट हिडे। त्यसपछी रावलले पत्रकारसामु राजिनामा पत्र पढेर सुनाए।