प्रतिनिधिसभासभाको बैठकमा सरकारले विभिन्न अध्यादेश पेस गरेको छ। पुर्ववर्ती ओली सरकारले जारी गरेका विभिन्न अध्यादेशलाई सरकारले प्रतिनिधिसभामा पेस गरेको हो।
संसद बैठक नभएको समयमा अत्यावश्यक कानुन निर्माण गर्न सक्ने संवैधानिक प्रावधानअनुसार ओली नेतृत्वको सरकारले विभिन्न समयमा विभिन्न अध्यादेश ल्याएको थियो।
ओली नेतृत्वको सरकारले त्यसरी ल्याएका अध्यादेशमध्ये संवैधानिक परिषदको बैठकसम्बन्धी अध्यादेशलाई देउवा नेतृत्वको सरकारले खारेज गरेको छ भने अन्यलाई नियमअनुसार प्रतिनिधिसभाको पहिलो बैठकमै सरकारले पेस गरेको छ।