जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ। जसपाका एक नेताकाअनुसार ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।
ठाकुर पक्षका ती नेताले आफूहरुले उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता आएकाले विश्वासको मत दिन तयार भएका बताए।
प्रधानमन्त्री देउवाले आइतबार साँझ ठाकुरलाई औपचारिक पत्र लेखी विश्वासको मत मागेका थिए।