प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत पाएका छन्। आज संसदमा केहीबेरअघि मतदानमा उनले विश्वासको मत पाएका हुन्।
उनलाई आफ्नै दल काँग्रेस, माओवादी केन्द्र, जसपा, एमाले माधवकुमार नेपाल समुह तथा जनमोर्चाका सांसदले मत दिए भने ओली पक्षका केही सांसदले पनि पक्षमा मत दिए ।उनको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खस्यो।
उनले विश्वासको मत पाउन १३६ मत आवश्यक थियो। देउवाले विश्वासको मत पाएसँगै अब डेढ वर्षको अवधि सरकार चलाउँदै आगामी निर्वाचनसम्म सरकारको नेतृत्व गर्नेछन्।