वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा प्रमुखले मादक पदार्थ सेवन गरेर दुव्र्यवहार गरेको भन्दै चिकित्सकहरुले प्रहरीमा जाहेरी दिएका छन्।
चिकित्सकहरुले प्रहरीमा दिएको जाहेरीमा प्रतिष्ठानका लेखा प्रमुख कमल रायमाझीले आइतबार राती उनको क्वार्टर नजिकको क्वार्टरमा बस्ने डिएम अध्ययनरत चिकित्सक विप्लव कार्कीमाथि दुव्र्यवहार गरेको आरोप छ। जाहेरी कार्कीले नै दिएका हुन्।
लेखा प्रमुख रायमाझीले मादक पदार्थ सेवन गरेर तनाथाम गालीगलौज गरेको, मानिसक तनाव दिएको र भौतिक आक्रमणको धम्की दिएको निवेदनमा उल्लेख छ। डा. कार्कीले आफुलाई रायमाझीले अपशब्दहरु प्रयोग गरेर क्वार्टरबाट निकालिदिने धम्की दिएको दाबी गरेका छन्।
घटनापछी बाहिरिए पछि आइतबार राती अबेरसम्म प्रतिष्ठानका डाक्टर तथा विद्यार्थीहरुले रायमाझीको क्वाटर घेराउ गरेका थिए। उनीहरुले रायमाझीको मापसे जाँच गर्नुपर्ने माग गरेपनि उनी कोठामा भने भेटिएनन्। क्वार्टर घेराउ भएपछि र प्रहरी आएपछि रायमाझी फरार भएको विद्यार्थीहरुको भनाई छ।
जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा।पदम नेपालीका अनुसार रायमाझीले जेआर र डिएम अध्ययनरत डाक्टरको क्वार्टर पनि आफैले लिन खोज्दा विवाद बढ्दै गएको हो।
आरोपित लेखा प्रमुख रायमाझीले भनेआफुँमाथी लागेको आरोप अस्वीकार गरेका छन्। उनले आफुँलाई नियोजितरुपमा फसाइएको दावी गरे।