विवेकशील साझा युवा संगठनका अध्यक्ष अब्दुस मियाँले सार्वजनिक यातायातको भाडादरमा भएको मूल्यवृद्धि रोक्न पहलकदमी लिनुपर्ने बताएका छन्।
सोमबार साामाजिक सञ्जालमार्फत उनले सार्वजनिक यातायातको भाडा बढ्दा सर्वसाधारण मर्कामा पर्ने बताए।
उनले लेखेका छन्, 'सार्वजनिक यातायातको भाडादरमा भएको मूल्यवृद्धि कसले रोक्न सक्छ?
सार्वजनिक यातायातको भाडादरमा भएको चर्को मूल्यवृद्धिले निम्न आर्थिक स्तर भएका नागरिक, बेरोजगार युवा र विद्यार्थीहरुलाई विशेष समस्यामा पार्ने देखिन्छ। यद्धपी यस विरुद्ध आवश्यक आवाज उठेको छैन।
हुनत नेपाल यस्तो देश हो, जहाँ सडक कालोपत्रे गर्न पनि आन्दोलन गर्नुपर्छ। यो झन् मूल्यवृद्धिको विषय भयो। भन्न त मन छैन, तर दुई चार सवारी साधन सडकमै नजलिकन यसमा पनि परिवर्तन आउला जस्तो छैन। उपाय छ?'