पर्साको पकहा मैनपुर गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष खैरो हेरोइनसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साबाट सदा पोसाकमा खटिएको प्रहरीले वीरगंज तिलावे पुल नजिकैबाट आइतबार राती साडे १० बजे लागुऔषध खैरो हेरोइनसहित वडाध्यक्ष अम्बिका सहनीलाई पक्राउ गरेको हो।
प्रहरीले सहनी चढेको ना. १ ब. ३५९५ नम्बरको सरकारी पल्सर मोटर साइकलको फिल्टर बक्सबाट ७९ ग्राम खैरो हिरोईन फेला परेकोले नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
सहनी पक्राउ परेपछी उनलाई छुटाउन राजनीतिक चलखेल शुरु भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) ओमप्रकाश खनालले प्रहरीलाई त्यस्तो कुनै दबाव नआएके बताए,
‘बाहिर के भइरहेको छ हामीलाई थाहा छैन्,’ डिएसपी खनालले भने, ‘प्रकृया शुरु भइसक्यो, कागजपत्र बनाएर अदालतमा पेश गर्छौ।’
अध्यक्ष सहनीसँगै बलिष्टर सहनी र राम आदेश सहनी समेत पक्राउ परेका छन्। ापक्राउ परेका बलिष्टर सहनी पकहा मैनपुर गाउँपालिका वडा नं. १ कै वडा सदस्य हुन् भने अर्का आदेश सहनी पनि वडाध्यक्ष सहनीको नजिकको व्यक्ति हुन्।