कांग्रेस युवा नेता गगन कुमार थापाले बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले कांग्रेस सभापति समेत रहेको प्रधानमन्त्री देउवालाई सो अनुरोध गरेका हुन् ।
पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास देउवाले दिलाउनु थापाले जानकारी दिएका छन् ।
दिलाएको विश्वास कायम राखिदिनु थापाले देउवालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री भएपछि प्रधानमन्त्रीको सरकारी निवासमा देउवाले पार्टीको आलोचना भइरहेको छ ।
यसअघि निवर्तमान प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् र पार्टी बैठक तथा अन्य कार्यक्रम बालुवाटारमा गरेको भन्दै आलोचना हुने गरेको थियो ।