एक मात्रा मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप सोमबारदेखि लगाईँदैछ ।
अमेरिकाले कोभ्याक्स अभियानअन्तर्गत नेपाललाई उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि देशभर दिन लागिएको हो ।
अमेरिकाले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको खोपको १५ लाख ३४ हजार ८५० मात्रा उपलब्ध गराएको हो । सो खोप असार २८ गते काठमाडौँ आइपुगेको थियो ।
यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सरसफाइकर्मी लगायतलाई दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।