नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकताले सफलता पाउने आशा व्यक्त गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेकोर त्यसले सपलता पाउने बताएका हुन् ।
उनले अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि प्रयत्न कायमै रहन र यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाउन आग्रह गरेका छन् ।
पार्टी पंक्तिले एकता चाहेको र भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छोड्ने उनले विश्वास व्यक्त गरेका छन् ।
सम्बन्धित समाचारः एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?