माधव कुमार नेपालले हप्काएको कारणले भिम रावलले सांसद पदबाट राजीनामा दिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दावी गरेका छन्।
ललितपुरको च्यासलमा जारी बैठकको क्रममा अध्यक्ष ओलीले भने, 'भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए।’
अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन समेत आग्रह गरे ‘हतारिएर किन राजीनामा दिएको? सल्लाह गर्नुपर्ने,’ उनले भने, ‘अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस्।
पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीको भनाई छ।
रावलले आइतबार प्रतिनीधिसभा भवनको प्राङ्गणबाटै राजीनामा घोषणा गरेका थिए।