माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग छुट्टाछुटै भेटवार्ता गरेका छन् । नेपाललाई भेट्न प्रचण्ड र यादव मंगलबार बिहान कोटेश्वर पुगेका थिए ।
सो क्रममा उनीहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ ।
प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र सहभागी भइसकेको छ । देउवाले आइतबार विश्वासको मत पाएपछि जसपा र नेपाल पक्षलाई सरकारमा सहभागी गराउने तयारी भइरहेको छ ।
नेपाल पक्षले सरकारमा जाने नजानेबारे निर्णय नगर्दा देउवाले मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् ।