भारतको पश्चिम बंगाल राज्यको एक स्थानीय बिडी कम्पनीले विश्व चर्चित फुटबल खेलाडी लियोनल मेस्सीको नामबाट बिडी कम्पनी सुरु गरेको छ। पश्चिम बंगाल राज्यको मुर्शिदाबाद जिल्लामा अवस्थित ‘धुलिहान बिडी कम्पनी’ को यो बिडीले अहिले खुबै चर्चा पाइरहेको छ।
मेस्सीको नाम र फोटो भएको उक्त बिडी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, यो कम्पनी न मेस्सीको हो, न त आफ्नो नामबाट बिडी कम्पनी खोल्ने अनुमति उनले दिएका नै हुन्।
भारतमा खेलाडीको नाम र फोटो प्रयोग गरी धुम्रपान कम्पनी खोलिएको यो पहिलो घटना होइन। मेस्सी दोस्रो खेलाडी हुन्।
यसअघि बेलायती फुटबल खेलाडी जोन ट्यारीको नाम र फोटो प्रयोग गरी चुरोट कम्पनी खोलिएको थियो।