प्रदेश नम्बर २ को उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा ओम प्रकाश शर्माको नियुक्तिले भारत राजस्थानको श्रीमाधोपुरमा खुशीयाली छाएको छ।
एक भारतीय पत्रिकाले खुशीयालीको समाचार प्रकाशमा ल्याएको हो। भारतीय पत्रिकाका अनुसार शर्माको परिवार कर्मकाण्डी ब्राह्मण पेशामा संलग्न थियो। पूजापाठ गराउने उद्धेश्यले साठी वर्ष अगाडि उनीहरु बीरगञ्ज प्रवेश गरेको समाचारमा उल्लेख छ।
बीरगंजमा मारवाडी समुदायको सघन बसोबास रहेको छ। शर्माका परिवारका केही ब्यक्ति अहिले पनि बीरगंजमा मारवाडी समुदायको पुरेतको रुपमा क्रियाशिल रहेका छन।
राजस्थानको खाटुश्यामजी श्रीमाधोपुरमा रहेका मंत्री शर्माका भतिजा नरेश रामले आफ्नो काका कँरातेको खेलाडी रहेको समेत प्रसंग निकालेका छन। उनले बीरगंजमा कांग्रेस पार्टीमा लागेर स्थान बनाउदै मंत्री भएको चर्चा समेत गरेका छन।
राजस्थानको सीकर जिल्लाको श्रीमाधोपुर गाउँका मुल निवासी शर्मा नेपालको प्रदेश २ को उर्जामंत्री हुदा श्रीमाधोपुरमा हर्षबढाई समेत भएको छ। मंत्री शर्माले समेत आफनो पूख्र्यौली गाउँमा खुशीयाली मनाउनुलाई स्वभाविक मानेका छन।
भारतीय मूलका भएपनि नेपाल आएपछि नेपालको ऐन कानून पालना गर्दै नेपाल र नेपालीको बृहत्तर हितमा लागेको हुनाले नै ओम प्रकाश शर्माले निरन्तर सफलताको शिखर चढेको कुरा उनका पुख्र्यौली गाउँका बासिन्दा बताउँछन।
यो समाचार संगै बीरगंजमा शर्माका दाजु जगदीश शर्माको प्रसंग पनि चलेको छ। उनले बिवरण ढाटी नेपाली नागरिकता लिएकोले उनको नागरिकताको बिषयमा बिवाद भएको थियो। उनी नागरिकता बिवाद पछि नेपालबाट पलायन भएका छन। उनी भारतमै फर्किएका छन्।