प्रदेश नम्बर २ का आन्तरिक मामिला एवम सञ्चार मन्त्री भरत प्रसाद साहले नेपाल प्रहरीलाई प्रदेश मातहत ल्याउने तयारी भइरहेको बताएका छन्।
नेशनल ईन्जिनियरिगं अर्गनाइजेशन, नेपाल (नेकोन) प्रदेश नम्बर २ द्वारा मगंलबार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री साहले प्रदेश २ मा ‘फिल्मसिटी’ निर्माण गर्न कर्जना नगरपालिकामा जग्गा उपलव्ध गराउने समेत प्रतिवद्दता जनाए।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका साहलाई मन्त्री नियुक्त भएको अवसरमा नेकोनले आयोजना गरेको सम्मान कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष रबीकिरण यादव, केन्द्रिय सदस्य शिवम शाह, नेकोन प्रदेश २ का कोषाध्यक्ष श्याम चौधरीलगायतकोउपस्थिती रहेको थियो।