नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ नेकपा माओवादी केन्द्रभित्र कम रुचाइने नेतामध्येमा पर्छन्। माओवादी र जनमोर्चाविच पार्टी एकता भएदेखी नै नारायणकाजीलाई माओवादीका धेरै शिर्ष नेताहरुले खासै रुचाउदैनन्।
उनीमाथी पार्टीभित्र अझै पनि ‘जनमोर्चा गुट’ चलाईरहेको आरोप लाग्ने गरेको छ। विभिन्न अवसरमा नारायणकाजीले त्यहि गुट देखाएर पार्टीभित्र बार्गेनिङ गर्दै आएको भन्दै ठुलो पार्टीपङ्ती उनीसँग रुष्ट छ।
यसपटक नेपाली काँग्रेस नेतृत्वको सरकारमा सहभागी हुने क्रममा पनि उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बार्गेनिङको प्रयास गरिरहेका छन्। खुमलटार निकट श्रोतका अनुसार नारायणकाजीले उपप्रधानमन्त्रीसहित पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी हुन चाहेका छन्।
यता अध्यक्ष प्रचण्डले भने पहिलो चरणमा माओवादीका २ दिग्गज नेता पम्फा भुषाल र जनार्दन शर्मा ‘प्रभाकर’लाई सरकारमा पठाए। र, त्यसको नेतृत्व प्रभाकरलाई सुम्पिए।
अझै पनि माओवादीले सरकारमा थप केहि मन्त्रालय पाउने छ। र, अब सरकारमा सहभागी हुने टोलीमा नारायणकाजीको नाम पनि हुने सम्भावना प्रवल छ।
नारायणकाजी ‘जनमोर्चा गुट’को बलमा बार्गेनिङ गर्दै अन्य वरिष्ठ नेताहरुलाई बाइपास गरेर सरकारमा पार्टीको नेतृत्व गर्दै सहभागी हुनको लागि दौडधुप गरिरहेका छन्।
निर्वाचनमा बारम्बार पराजित हुँदै आएका उनी लामो समयदेखी सरकारमा जान पाएका छैनन्। यसपटक राष्ट्रिय सभा सदस्यमा मनोनित भएपछि भने उनको मन्त्री बन्ने बाटो खु्लेको छ।
आफुँ मन्त्रि बन्न नसक्ने अवस्थामा समेत ‘जनमोर्चा गुट’का गिरिराजमणी पोखरेललाई बारम्बार मन्त्रि बनाएका नारायणकाजी यसपटक भने आफैँ सरकारमा सहभागि हुन चाहन्छन्।
खुमलटारनिकट श्रोतका अनुसार नारायणकाजीको बार्गेनिङ बढ्दै गएपछी पार्टी अध्यक्ष प्रचण्ड आजित बनेका छन्। ‘नारायणकाजीलाई पार्टीमा ल्याउँदा बाबुराम भट्टराई अध्यक्षज्युसँग रुष्ट हुनुभयो,’ प्रचण्डनिकट एक केन्द्रिय सदस्य भन्छन्, ‘अहिले उहाँलाई यसको पछुतो पनि छ।’
केन्द्रमा मात्र नभई नारायणकाजीले प्रदेशमा समेत आफ्नो हस्तक्षेप बढाउन थालेका छन्। हालैमात्र प्रदेश २ को सरकारमा सहभागी हुने क्रममा पनि उनले पार्टी र २ नम्बर प्रदेशमा प्रभावशाली मानिने भरत प्रसाद साहको नेतृत्वमा संसदिय दलका उपनेता जगत यादव सरकारमा जाने लगभग निश्चित भएको अवस्थामा सपथ ग्रहण नै रोक्न लगाएर बिवाद गरेका थिए।
नारायणकाजीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फोन नै गरेर सपथ ग्रहण रोक्न लगाएका थिए। ‘उनले आफ्नो गुटलाई स्थापित गराउनका लागि हदैसम्मको बखेडा गर्ने गरेका छन्,’ ती केन्द्रिय सदस्यले भने, ‘पार्टीको संसदिय दलको उपनेतालाई समेत बाईपास गरेर आँफुनिकट रुबी कर्णलाई सरकारमा पठाए।’
यतिमात्र नभई माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सघाएका प्रभु साहसमेत नारायणकाजीको हिमचिम बढेपछी माओवादी नेताहरु उनीसँग रिसाएका छन्।