चाँदीका गरगहनासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज उपमहानगरपालिका–२ मेघराका ४३ वर्षीय अंगत साह रहेका छन् ।
भारतबाट अवैधरूपमा चाँदीका गरगहानाहरु ल्याउँदै गरेको सूचनाका आधारमा साहलाई प्रहरी चौकी ईनर्वाले बुधबार बिहान पर्साको विरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट पक्राउ गरेको हो ।
उनको साथबाट ५ किलो ३३४ ग्राम चाँदीका गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका साहले चितवनको खैरेनी नगरपालिका–२ श्रीया ज्वेलर्स सञ्चालन गरिरहेका छन् ।
साहलाई राजश्व छली चोरी पैठारी मुद्दामा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।