चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप ल्याउन दोस्रो पटक नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जाँदैछ ।
जहाज बुधबार राति ११ बजे वेइजिङ जानेछ । गत विहिबारनै खोप ल्याउन बेइजिङ उड्ने तालिका तय भए पनि चीनले तयारी नपुगेको भन्दै छ दिन रोक्न भनेको थियो ।
निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलका अनुसार बुधबार चार वटा डिपाचर हुने छ, त्यसमा वेइजिङ पनि ११ बजे वाइडवडी ३३० बेइजिङतर्फ प्रस्थान गर्नेछ ।
निगमले खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ । यसअघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो, भोलि सोही संख्यामा खोप ल्याउने जनाएको छ ।
सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुँवानी गर्ने छ जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन् ।
सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो ।