नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।
बुधबार दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको हो ।
बैठकले सरकारमा सहभागी हुने थप मन्त्रीहरुका सम्बन्धमा छलफल हुने बताइएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा अहिले माओवादीका तर्फबाट जनार्दन शर्मा र पम्पा भुषाल गरि दुईजना मन्त्री छन् ।
त्यस्तै, बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम, समसामयिक राजनीतिक अवस्था र पार्टीको सांगठनिक गतिविधिबारे छलफल हुने बताइएको छ ।