काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
प्रदेश २ मा क्रियाशील सदस्यता वितरणप्रति आपत्ति जनाउँदै सांसद सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
पार्टीका निष्ठावान कार्यकर्तालाई पाखा लगाएर ठेकेदारलाई क्रियाशिल सदस्यता दिएको भन्दै उनको आपत्ति छ । छानबिनका नाममा निष्ठावान कार्यकर्तालाई सदस्यता नदिँनु पार्टी पद्धति बीपीको मान्यता विपरित भएको उनको भनाइ छ ।
उनले राजीनामा दिनेबारे सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुलाई जानकारी दिइसकको र सभापतिलाई बुझाएपछि राजीनामा पत्र सार्वजनिक गर्ने बताए ।
त्यसका लागि उनी कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जाँदैछन् ।
केही दिनअघि पार्टीमा देखिएको विवादका कारण एमाले सांसद डा.भीम रावलले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएको छैन ।