काठमाडौं – पछिल्लो २४ घण्टामा २८३८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२६१६ परिक्षण गर्दा २८३८ जना अर्थात २२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । यो प्रतिशत उच्च रहेको मन्त्रालयले जनाएको छ ।
हाल २६ हजार ८३२ सक्रिय संक्रमित छन् ।
बुधबार १४७५ निको भएको छन् भने ३० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।
बुधबार भक्तपुरमा ७९, ललितपुरमा १२८ र काठमाडौंमा ४९० गरि उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।