नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पदबाट राजीनामा दिएका छन् ।
उनले बुधबार कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका हुन् ।
क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । प्रदेश २ मा क्रियाशील सदस्यता वितरणप्रति आपत्ति जनाउँदै सांसद सिंहले पदबाट राजीनामा दिएका हुन् ।
पार्टीका निष्ठावान कार्यकर्तालाई पाखा लगाएर ठेकेदारलाई क्रियाशिल सदस्यता दिएको भन्दै उनको आपत्ति छ । छानबिनका नाममा निष्ठावान कार्यकर्तालाई सदस्यता नदिँनु पार्टी पद्धति बीपीको मान्यता विपरित भएको उनको भनाइ छ ।
केही दिनअघि पार्टीमा देखिएको विवादका कारण एमाले सांसद डा.भीम रावलले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएको छैन ।