नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा प्रधानमन्त्री भएपछी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालोमा भएका विभिन्न निर्णयहरु उल्टाइएका छन्।
नेकपा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले कानुनसम्मत गरेका निर्णयहरु उल्टाएका देउवाले एउटा निर्णय गैरकानुनी निर्णयलाई भने निरन्तरता दिइरहेका छन्।
राजनीतिक स्वार्थसिद्दिका लागि प्रधानमन्त्री देउवालाई एमाले नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयलाई निरन्तरता दिएको हो। एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल गुटले देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेका कारण निर्णयले निरन्तरता पाएको हो।
भारतको दिल्लीमा उपचार गराईरहेका खनालको उपचार खर्च वापतको ३० लाख रुपैया निकासा भइसकेको छ। खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेपछी निवर्तमान प्रधानमन्त्री ओलीको चर्को बिरोध भएको थियो।
यस विषयमा सबैभन्दा धेरै काँग्रेस युवा नेता गगन थापाले बिरोध जनाएका थिए। अहिले उनकै पार्टी सभापती नेतृत्वको सरकारले गैरकानुनी निर्णयलाई निरन्तरता दिँदा भने थापाले अनभिज्ञता प्रकट गरिरहेका छन्।
उनले बुधबार फेसबुकमा लेखेका थिए, ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।’