नेपाली काँग्रेसका नेता डा. अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएपछी काँग्रेस वृत्तमा तरङ्ग पैदा भएको छ। पार्टीको क्रियाशिल सदस्यता वितरण प्रकृया चित्त नबुझेकाले उनले पदबाट राजीनामा दिएको चर्चा छ।
तर, अमरेशकुमारलाई नजिकबाट चिन्नेहरु भने सदस्यतो वितरणको बिवादका कारण उनले राजीनामा नदिएको बताउछन्। ‘यस्ता कुराहरु उनको लागि त्यति महत्वपुर्ण होइन्,’ काँग्रेसका एक नेताले भने, ‘यत्तिका लागि उनले सांसद पदबाटै राजीनामा दिए भनेर कसरी पत्याउनु?’
अमरेशकुमार भारतनिकट नेताका रुपमा चिनिन्छन्। पार्टीभित्र उनको प्रभाव बढ्नुको कारण पनि यहि हो। अहिले उनले दिएको राजीनामाको तार पनि ‘दक्षीण’तीरै जोडिएको जानकारहरु बताउछन्।
श्रोतका अनुसार यसिअघिको सरकारसँग भारतले गरेका विभिन्न सम्झौताहरुलाई निरन्तरता दिनका लागि वर्तमान सरकारलाई दबाबमा राख्ने योजनास्वरुप नै अमरेशकुमारले राजीनामा दिएका हुन्।
‘बाहिरबाट हेर्दा त यो राजीनामा नै हो,’ श्रोत भन्छ, ‘तर, खासमा देउवा सरकारमाथि दबाब बनाईराख्न फ्याकिएको एउटा कार्डमात्र हो।’ केपी शर्मा ओली सरकारको पालामा नेपाल र भारतविच भएका अरुण–३, भैरहवा विमानस्थलको विधुतिकरणलगायत विभिन्न ठुला योजनाहरुमा कुनै अवरोध नहोस भनेर भारतले सरकारमाथि दबाब बनाईराख्न चाहेको उनले बताए।