प्रदेस नम्बर २ का नवनियुक्त आन्तरिक मामिला एवम् सञ्चाररमन्त्री भरत प्रसाद शाह बिहिबार काठमाडौंमा सम्मानित भएका छन्। पार्टी कार्यालय पेरिसडाडामा भएको कार्यक्रममा पार्टीको प्रदेस नम्बर २ जनसम्पर्क मञ्चले मन्त्री शाहको सम्मान गरेको हो।
सम्मानग्रहणको क्रममा मन्त्री शाहले प्रदेश सरकारले गरिरहेको गतिवीधी आफ्नो मन्त्रालयको योजनाको बारेमा जानकारी गराएका थिए। ‘फिल्मसिटी निर्माण र नेपाल प्रहरीलाई प्रदेस मातहत ल्याउने योजना छ,’ मन्त्री शाहले, ‘यसबाहेक अन्य विषयहरु पनि अघि बढानेछौ।’
जनसम्पर्क मञ्च प्रदेश २ की अध्यक्ष सुनिता यादवको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मन्त्री शाहले शहिदहरुको मुर्तीमा माल्यार्पण समेत गरेका थिए।