काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ ।
त्यस्तै, संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।
यसअघि यही साउन ३ गते पहिलो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए ।