गण्डकी प्रदेश सरकारमा ६ जना मन्त्री थपिएका छन् ।
कांग्रेसबाट मेखलाल श्रेष्ठ, मणिचन्द्र शर्मा र विन्दुकुमार थापा तथा माओवादी केन्द्रबाट रामजी बराल, दीपक घर्तीमगर र चन्द्रबहादुर बुढा मन्त्री थपिएका हुन् ।
शुक्रबार थपिएका ६ मन्त्रीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी छन् । योसँगै गण्डकी मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ ।
यसअघि सामाजिक विकास मन्त्री रहेका कुमार खड्कालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २९ जेठमा नियुक्ति र सपथ लिँदा कांग्रेसका कुमार खड्का, माओवादीकी मधु अधिकारी, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री नियुक्त भएका थिए ।