चीनबाट थप ८ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौं आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जनाए।
निगमको सो जहाजले बिहीबार १० लाख डोज खोप ल्याएको थियो। थप ८ लाख डोज खोप ल्याउन जहाज पुनः भोलि बेइजिङ जाने कार्यक्रम छ। खोप ल्याएर जहाज आइतबार दिउँसो फर्कनेछ।
चीनको साइनोफार्म कम्पनीबाट नेपालले खरिद गरेको ४० लाख डोज खोपलाई निगमको जहाजले चरणबद्ध रुपमा ढुवानी गरेको हो।