आजदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन भएका छन् ।
विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने सूचना जारी गरेपछि शनिबारदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन भएका हुन् ।
लामो दूरीका सार्वजनिक यातायातले स्वास्थ्य मापदण्ड पुर्याएर सवारी साधन सञ्चालन गर्नुपर्नेछ ।
यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रुपमा र काम विशेषले आएका सवारीलाई उपत्यकाभित्र प्रवेश गर्न दिइने निर्णय भएको थियो ।
नेपाल सरकार (मन्त्रिपरिषद)को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।