पछिल्लो २४ घण्टामा ३११४ जना संक्रमित थपिएका छन् । १४ हजार ९१० जनामा कोरोना परिक्षण गर्दा ३११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ७ लाख ७९ हजार १७ पुगेको छ । जसमध्ये २७ हजार ७५७ सक्रिय संक्रमित छन् ।
शनिबार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको मन्त्रालयले जनाएको छ ।
शनिबार २ हजार १९७ जना निको भएका छन् । हालसम्म ६ लाख ४१ हजार ५६५ संक्रमित निको भएका छन् ।
निषेधाज्ञा खुकुलो भएसँगै पछिल्लो समय संक्रमण बढ्दै गएको छ ।