मादक पदार्थ सेवन गरी एक युवकले पिँडीमा फ्याक्दा पूर्वी नवलपरासीमा पाँच महिने शिशुको मत्यु भएको छ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–६ मितुङ बस्ने २६ वर्षीय कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेकी ५ महिने शिशुलाई पिँडीमा फ्याकीदिएका थिए।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार कर्णबहादुर र पदमबहादुरविच मदिरा सेवन गरेपछी झगडा भएको थियो। झगडा बढ्दै जाँदा कर्णबहादुरले पदमबहादुरकी सुतिरहेकी छोरी धनमायालाई टिपेर फ्याकेका थिए।
पिँढीमा फाल्दा घाइते भएकी बच्चाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा आइतबार साँझ निधन भएकोप्रहरीले जानकारी दिएको छ। कर्णबहादुरलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।