नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पुगेको स्मरण गर्दै शर्माले पन्तलाई न्याय दिन प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
उनले निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस् भनेर बिशेष तदारुकता बढाउनुपर्ने बताएका छन् ।
उनले भनेका छन्ः
बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी छ । प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग । सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ ।
कञ्चनपुरकी पन्तको ३ वर्षअअघि बलात्कारपछि हत्या भएको थियो । तर, उनको बलात्कार र हत्यारा अझैं पक्राउ परेको छैन ।