नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलका सदस्यसँग सांसदहरुले भेट्ने भएका छन् ।
एकता बचाउन भन्दै सांदसहरुले कार्यदलका सदस्यहरुलाई भेट्न लागेका हुन् ।
आइतबार दिउँसो हुने भेटवार्तामा एमालेमा देखिएका विवाद समाधान, कार्यदलले तयार पारेको १० बुँदे सहमतिबारे छलफल हुने सांसद यज्ञराज सुनुवारले जानकारी दिए ।
ओली पक्षका सांसद कृष्णप्रसाद दाहाल, सूर्य पाठक, पदम गिरी, शान्ति पाख्रिन, यज्ञ बोगटी तथा माधव नेपाल पक्षका सांसद यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्टलगायतले एकता जोगाउन भन्दै छलफलको अगुवाई गरिरहेका छन् ।