कोभिड–१९ का कारण झन्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा रेगुलर र आंशिक सै परीक्षाहरु शूरु भएको छ। आजबाट स्नातक तहको पहिलो वर्षको परीक्षा सुरु भएको हो ।
आजबाट बीए, बीएण् र बीएससीतर्फका चार वर्षे, तीन वर्षे परीक्षा शुरु भएको छ भने भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन् ।
कोभिड कहरका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । तर, प्रवेशपत्र प्रिन्ट आउट बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरुले भोगेका छन् ।
यस्ता प्राविधिक समस्या देखिएका कारण त्रिविले अहिले नागरिकता वा परिचय खुल्ने अन्य परिचयपत्र हेरेर सहज रुपमा परीक्षा दिने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरुलाई भनिएको र नमिलेका अन्य कुरा विद्यार्थीहरुको निवेदनको आधारमा मिलाइने बताए ।
त्रिवी, टियु, परिक्षा