जनता समाजवादी पार्टी (जसपा)मा अहिले आधिकारिकता विवाद चलिरहेको छ ।
आधिकारिताको टुङ्गो लगाउन निर्वाचन आयोगले पार्टी दर्ता बखतको कार्यकारिणी सदस्यहरूको सनाखत गराउँदैछ । त्यसका लागि आयोगले सोमबार बिहान ११ बजे कार्यकारिणी सदस्यहरूलाई बोलाएको छ ।
कार्यकारिणी समितिमा बहुमत दाबी गर्दै आएको अध्यक्ष उपेन्द्र यादव पक्ष आयोगको सनाखत गराउने निर्णयप्रति उत्साहित छ भने अर्का अध्यक्ष महन्त ठाकुर पक्ष अदालत गएको छ ।
उसले कार्यकारिणी सदस्यको सनाखत रोक्न माग गर्दै अदालतमा रिट निवेदन दर्ता गराएको छ । त्यसबारे सम्भवत अदालतले आज सुनुवाइ हुँदैछ ।
आधिकारिकता विवाद टुङ्ग्याउन आयोगले कार्यकारिणी सदस्यको सनाखत गर्न बोलाएको अघिल्लो जसपा अध्यक्ष ठाकुर र यादव पक्ष दुबै आन्तरिक छलफलमा जुटेका छन् । आज दुबै पक्षले कार्यकारिणी समिति बैठक बोलाएका छन् ।
यादव पक्षले आइतबार दिउँसो १ बजे र ठाकुर पक्षले दिउँसो ५ बजे कार्यकारिणी समिति बैठक बोलाएका छन् ।
दुबै पक्षले भोलि निर्वाचन आयोगमा आफ्नो बहुमत पुर्याउने प्रयास गर्दैछन् ।