काठमाडौं – नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । आइतबार अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङको कारणले राजीनामा दिन लागेको उनले खुलासा गरेका छन् ।
उनले लेखेका छन्, ‘‘प्रिय नेपाली समर्थकहरू म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु । अब तपाईँ खुसी हुनु भयो होला नि पंकज विक्रम नेम्वाङ ?’
उनी गत चैत्रमा नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।