काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्।
आइतबार प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका हुन्।
कोरोना महामारीमा स्वास्थ्य मन्त्रालय मन्त्रीविहिन भएको भन्दै सरकारको आलोचना भएपछि देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँग राख्दै राज्यमन्त्री नियुक्त गरेका हुन्।
संविधानको धारा ७६ को उपधारा ९ अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ।
स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त प्याब्सनका पूर्वअध्यक्ष रहेका श्रेष्ठ ललितपुरको लिटिल एन्जल्सका सञ्चालक हुन्।