निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद टुङ्ग्याउँदै छ ।
त्यसका लागि आयोगले कार्यकारिणी सदस्यहरूको सनाखत गराउँदैछ । त्यसका लागि आयोगले पार्टी दर्ता बखतको कार्यकारिणी सदस्यहरूको सनाखत गराउन सोमबार बिहान ११ बजे बोलाएको छ । त्यसपछि बहुमत कार्यकारिणी सदस्य उपस्थित पक्षलाई आयोगले आधिकारिकता प्रदान गर्नेछ ।
चलखल हुनसक्ने भन्दै जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले कार्यकारिणी सदस्यलाई गोदावरीको रिसोर्टमा राखेको छ । उक्त पक्षले आफूसँग बहुमत सदस्य ३२ भन्दा बढी कार्यकारिणी सदस्य रहेको दाबी गरेको छ । दाबी गरिएझैं यादव पक्षसँग ३२ कार्यकारिणी सदस्य भए उसले नै आधिकारिकता पाउने निश्चित छ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिमा ५१ सदस्य रहेका छन् ।
आधिकारिकता विवाद टुङ्ग्याउन आयोगले कार्यकारिणी सदस्यको सनाखत गर्न बोलाएको दिन जसपा अध्यक्ष महन्त ठाकुर र यादव पक्ष दुबै आन्तरिक छलफलमा जुटेका छन् ।