नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ ।
बैठकमा पार्टी एकताका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।
त्यस्तै, एमाले विवाद समाधानका लागि गठित कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल हुनेछ ।
आइतबारबाट सुरु भएको बैठकमा कार्यादलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए ।
आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरुले पार्टी एकता गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।