टिकापुर घटनाको मुख्य योजनाकारको आरोपमा डिल्ली बजारस्थित कारागारमा रहेका सांसद रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।
आयोगले जसपा आधिकारिकता विवाद निरुपणका लागि एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि चौधरी आयोग पुगेका हुन् ।
उनलाई अध्यक्ष महन्त ठाकुर र उपेन्द्र यादव दुबै पक्षका नेताहरूले स्वागत गरेका छन् । चौधरीकी श्रीमती भने महन्त पक्षका नेतासँग छलफल गरिरहेकी छन् । त्यसकारण उनले कुन पक्षमा सनाखत गर्छन् भन्ने चासो विषय बनेको छ । उनी अहिले अध्यक्ष ठाकुर र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् ।
पार्टीको आधिकारिकताको लागि जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा सनाखत गरिसकेको अध्यक्ष यादव पक्षका कार्यकारिणी सदस्य महोम्मद इस्तियाक राईले बताए ।
यो संख्या बहुमत हो । जसपामा ५१ सदस्यी कार्यकारिणी सदस्य रहेका छन् ।