काठमाडौं – जसपाको आधिकारिता विवाद सम्बन्धिको ‘ हेड काउन्ट’का अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा १६ कार्यकारिणी सदस्यले सनाखत गरेका छन् ।
जसपा आधिकारिकता विवाद निरुपणका लागि एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ का लागि निर्वाचन आयोगले सोमबार बोलाएको थियो ।
सो क्रममा अध्यक्ष यादव पक्षमा ३४ र अर्का अध्यक्ष ठाकुर पक्षमा १६ कार्यकारिणी सदस्यले सनाखत गरेका हुन् । यादव पक्षमा सनाखत गरेका ३४ कार्यकारिणी सदस्य संख्या दुई तिहाई हो ।
जसपामा ५१ सदस्यी कार्यकारिणी सदस्य रहेका छन् ।
टिकापुर घटनाको मुख्य योजनाकारको आरोपमा डिल्ली बजारस्थित कारागारबाट सनाखतका लागि आयोग पुगेका सांसद रेशम चौधरी भने तटस्थ बसे ।
योसँगै अध्यक्ष यादव पक्षले जसपाको आधिकारिकता पाउने निश्चित भएको छ । यसबारेमा आयोगले आजै निर्णय सुनाउने तयारी गरेको छ ।
सम्बन्धित समाचारः पार्टी विवादमा तटस्थ बसे रेशम चौधरी, भने– मेरो पक्ष जसपा, विपक्ष पनि जसपा