काठमाडौंमा चोरीको गाडी प्रयोग बढ्न थालेपछी प्रहरीको सकृयता बढेको छ। महानगरिय अपराध महाशाखा काठमाडौंको टोलीले यसका विरुद्द अपरेशन नै शुरु गरेको छ।
शनिबारमात्र चोरीको गाडीको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको महाशाखाको टोलीले सोमबार पनि थप दुईजनालाई पक्राउ गर्यो।
शनिबार पक्राउ पर्नेमा मुस्ताङ घर भई काठमाडौं बौद्ध बस्ने आग्या गुरुङ र भारत पश्चिम बंगालको दार्जिलिङ घर भई काठमाडौं बौद्ध बस्ने सोनाम टासी योल्मो रहेका छन्। भने, सोमबार कञ्चनपुर घर भई काठमाडौंको चण्डोल बस्ने ३२ वर्षका अर्जुन कठायत र कञ्चनपुरकै ३३ वर्षका कृष्ण बहादुर रोकाय पक्राउ परेका हुन्।
पक्राउ परेका योल्मो र गुरुगँबाट प्रहरीले अवैध रुपमा नेपाल भित्र्याइएको २ वटा सेतो रङ्को कार बरामद गरेको थियो भने कठायत र रोकायबाट एटा कार, २ वटा रोयल ईनफिल्डको बुलेट मोटरसाइकल र एउटा केटिएम सिटी मोटरसाइकल बरामद गरेको छ।
केहि समययता काठमाडौंको विभिन्न स्थानहरुमा चोरीका सवारी साधन र तीनको पार्टपुर्जाहरुको कारोवार भइरहेको सुचना पाएको प्रहरीले यसका विरुद्द अपरेशन नै शुरु गरेको हो।