नेपालका लागि अमेरिकी राजदुत र्याण्डी बेरी सोमबार गृहमन्त्री बालकृष्ण खाणलाई भेट्न गृहमन्त्रालय पुगेका छन्।
नयाँ सरकारका नवनियुक्त मन्त्री खाँडसँग शिष्टाचार भेटका लागि बेरी गृहमन्त्रालय पुगेका हुन्। भेटका क्रममा दुई देशविचको सम्बन्धको बारेमा चर्चा भएको गृहमन्त्रालय श्रोतले जानकारी दिइको छ।
गृहमन्त्री खाँणले राजदुत बेरीसँग कोभिड–१९ महामारी नियन्त्रणमा सघाउन खोपको माग गरेका थिए। राजदूत बेरीले नेपाललाई सहयोग र सहकार्य गर्न अमेरीका तत्पर रहेको बताएका थिए।
राजदुत बेरीले पछिल्लाे समय सकृयता बढाउदैँ राजनीतिक भेटहरू तिव्र बनाएका छन्।