पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले सरुवा भइ गएका लेखाअधिकृत राम कुमार कुशवाहाबिरुद्ध कानूनी बाटो अख्तियार गर्ने बताएका छन्।
गत आर्थिक वर्षको अन्त्यसम्ममा काम सम्पन्न भएर पेश गरिएका प्रतिवेदन र बिल भर्पाई अनुसारको कागजातको आधारमा दिनु पर्ने भूक्तानी दिन नियतवस आनाकानी गरेकोले कारावहीको प्रक्रियामा जानु पर्ने अवस्था आएको उनले बताए।
पर्सागढी नगरपालिकाको सभाकक्षमा आयोजीत पत्रकार सम्मेलनमा पत्रकारको सवालको जवाफ दिदै प्रमुख यादवले पदीय मर्यादाको ख्याल नगरी कार्यालयको गाेप्यता समेत भंग गरेकोले लेखा अधिकृत कारवाहीको भागीदार भएको बताए।
लेखा अधिकृतको बदनियतका कारण नगरपालिकाले कार्यदेश दिएर सम्पन्न भएका कामहरुको भूक्तानी समेत दिन नसकिएको उनले बताए। सशर्त अनुदानको १ करोड भन्दा बढी रकम फ्रिज भएको समेत उनले जानकारी दिए।
सशर्त अनुदानको काम सम्पन्न गरेर बिल भर्पाइ र प्रतिवेदन असार १४ गते नै लेखा प्रमुखलाई बुझाउदा समेत त्यसको भूक्तानी नदिइएको र भूक्तानी दिन नमिल्ने भए त्यसको बिषयमा कार्यालय प्रमुखलाई राय दिनु पर्नेमा त्यो पनि नदिएको उनले बताए।
पर्सागढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत यादवले आफू समक्ष लिखित वा मौखिक कुनै पनिरुपमा भूक्तानी दिन नमिल्ने भन्ने राय नआएको प्रष्ट पारे। भूक्तानी दिन नमिल्ने भनेर कुनै फाइल पनि फिर्ता नआएको उनले बताए।
'अधिकृत कुशवाहाले सदैव आलटाल गर्नुभयो। कहिले बिरामी भए, कहिले छोराको जन्मउत्सव छ भन्दै कार्यालय आउनु भएन,' प्रमुख यादवले भने, 'पहिला खाता खोल्न उहाँले अनाकानी गर्नुभयो, पछि सरुवाको लागि सहमती माग गर्नुभयो। उहाँको माँग अनुसार सरुवाको सहमती पनि कार्यालयले दियो।'
लेखा अधिकृत कुशवाहा आफैँले जेठ २३ मा सरुवा सहमती लिएको यादवले बताए। उनले थपे, 'कार्यालय आउदिन भनेका अधिकृत पर्सिपल्ट कार्यालयमा देखा पर्नुभयो र काम गर्छु भन्नुभयो। ठिकै छ हामीले सरुवा गर्न खोजेको होइन काम गर्नुहुन्छ भने ठिक छ भन्यौ तर उहाँले काम गर्ने भन्दा पनि अड्काउने काम ज्यादा गर्नुभयो। अन्तिम समय सम्म पनि उहाँले काम गर्नुहोला भन्ने हामीलाई लागेको थियो। ३० गते दिउसो २ बजे खाजा खान जान्छु भनेर हिडेपछि उहाँ आउनु भएन मोवाइल स्वीच अफ भयो राती १२ बजे पछि चेक काट्न मिल्ने अवस्था थिएन। यसरी धेरै उपभोक्ता समितिहरु अन्य साझेदारहरुले गरेको कामको भूक्तानी दिन नसक्ने अवस्था बन्यो।'
भूक्तानीका लागि लेखा अधिकृतलाई कुनै दवाव नदिएको प्रमुख यादवले बताए। लेखा अधिकृत कुशवाहाले जे पायो त्यही गराउने र कामै नगरि भूक्तानी दिन लागाएपछि आफूले नमानेको दावी प्रमुख यादवकाे छ।
नगरपालिका संबिधानप्रदत बिधि प्रक्रिया र सम्बन्धित ऐन नियमका आधारमा कानून बमोजिम संचालन हुने भएको हुदाँ कुनै पनि दवावपुर्ण भुक्तानी यहाँ सम्भव नरहेको र कोहि कसैबाट दवाब नभएको नगरप्रमुख यादवले बताए।
कुशवाहालाई संघीय मामिला मंत्रालयले पर्सागढी नगरपालिकाबाट जिल्ला समन्वय समिति पर्सामा सरुवा गरेको छ। सरुवा भएपछि आर्थिक हर हिसवा राख्ने सफ्टवेयर सुत्रको पासवर्ड समेत बदली गरेको प्रमुख यादवले बताए।
पासवर्ड बदली भएका कारण कति रकम फ्रिज भयो अन्य अवस्था के छ भन्ने कुरा थाहा हुन नसकेको र यस बिषयमा प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रण कार्यालय बीरगंजमा जानकारी गराइएको उनले जानकारी दिए। कुशवाहाले जेठ २८ मा सरुवा सहमती माग गरेका थिए।
कार्यालयले उनको सरुवाप्रति सहमती पत्र सोही दिन दिएको थियो। साउन ५ गते चलानी नम्बर ३६ को पत्र अनुसार संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुशवाहालाई अन्यत्र काजमा खटाएको हो।
कुशवाहाको संलग्नता र समर्थनमा भएको सरुवा प्रकरणमा पर्सागढी नगरपालिकालाई बिभिन्न खालको आक्षेप लगाउनु गलत भएको प्रमुख यादवले बताए।
पत्रकार सम्मेलनमा पर्सागढी नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष किसुनदेव यादवले कार्यालय प्रमुखले सदर नगरेको तोक नलगाएको फाइलहरुको लेखा अधिकृत कुशवाहाले आफूखुशी चेक काटेर वार्गेनिङ सम्म गर्ने गरेको बताए।
लेखा अधिकृतको आचरण घोर भत्र्सना योग्य रहेको उनले बताए। लेखा अधिकउत कुशवाहाले ३० गते नै केही फाइलहरु सदर गरेर आफैले चेक काटेको कार्यालयले जनाएको छ। कार्यालयले पर्सागढी नगरपालिकामा जात थर र नाताका आधारमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति नभएको भन्दै यसको सम्पूर्ण प्रक्रिया आवश्यक ब्यस्थापन मंत्रालयले गरेको जनाएको छ।