काठमाडौंस्थित अनलाइन सेवा प्रदायक कम्पनी सर्भिसमाण्डुले ‘नेल टेक्निसियन’ तालिमको घोषणा गरेको छ। सर्भिसमाण्डुले महिलाहरुलाई लक्षित गरी तालिमको आयोजना गर्न लागेको हो।
सर्भिसमाण्डुका प्रवन्धक आयुष सुनारले तालिम लिएकाहरुमध्येबाट उत्कृष्टलाई जागीरको अवसरसमेत उपलव्ध गराईने जानकारी दिए। ‘दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम दिन लागेका हौँ,’ उनले भने, ‘तालिमपछी रोजगारीको अवसर पनि छ।’
प्रवन्धक सुनारले आधारभुतदेखी उच्च तहसम्मको तालिम दिइने जानकारी दिएका छन्।
तालिम लिन चाहनेहरुले यहि अगस्त ९ तारिखसम्म आवेदन दिन सक्ने सर्भिसमाण्डुले जानकारी दिएको छ। साथै पहिलो १० निवेदकलाई २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ।