जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।
निर्वाचन आयोगबाट सोमबार आधिकारिकता पाएपछि अध्यक्ष यादवले पहिलो कार्यकारिणी समिति बैठक बोलाएका हुन् ।
बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । बैठकमा पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित समाचारः जसपाको आधिकारीकता उपेन्द्र यादव समुहलाई, कसको पक्षमा कति कार्यकारिणी सदस्य ?