प्रहरीले सोमबार राती काठमाडौंको गोगंबुबाट एक युवकलाई पक्राउ गरेको छ। ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा प्रहरीले दाङका ३८ वर्षिय विशाल खत्रीलाई पक्राउ गरेको हो।
खत्रीले सवारी जाँचका लागि गोगंबु बसपार्क नजिक सडकखण्डमा खटिएका ट्राफिक प्रहरी हवल्दार बसन्त गौतमलाई घुस दिने प्रयास गरेको महानगरिय ट्राफि महाशाखाले जानकारी दिएको छ।
मादक पदार्थ सेवन गरी सवारी चलाएका खत्रीलाई ट्राफिक प्रहरीले चेकजाँचको क्रममा कारबाही गर्न लाग्दा खत्रीले प्रलोभन पार्न खोजेको महाशाखाले बताएको छ। पक्राउ परेका खत्रीमाथि थप कारबाही हुनेछ।