काठमाडौं – नेकपा एमालेका नेता गोकुल बास्कोटा पनि संघीयताको विपक्षमा उभिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै बाँस्कोटाले संघीयताको एजेण्डा खुसुस्क खुसाइएको आरोप लगाउँदै संघीयताको विपक्षमा उभिएका हुन् ।
आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभुमी नहेरी जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र संघीयताको एजेण्डा खुसुस्क घुसाएइको बास्कोटाको आरोप छ ।
नेपालभन्दा विदेशमा गोष्ठीहरुको बाढी आएको र त्यसमै नेपाली बगेको उनको भनाइ छ ।
उनले धर्म, संस्कृति र राज्यबारे पनि छुट्टै बहस गर्नुपर्ने बताएका छन् ।
सोमबार मात्रै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पनि संघीयता खारेज गर्दै धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । त्यस विषयमा विभिन्न कोणबाट बहस भइरहेको छ ।
सम्बन्धित समचारः
मिश्रको नयाँ एजेण्डाः संघीयता खारेज, धर्म निरपेक्षताबारे जनमत संग्रह
वैकल्पिक राजनीतिको नाउँमा रवीन्द्र मिश्रको भद्दा मजाक