आफ्नो १४ औँ महाधिवेशलाई केन्द्रमा राखेर नेपाली कांग्रेसले ८ लाख ७२ हजार ७ सय ११ जना क्रियाशील सदस्य बनाएको छ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले मंगलबार पार्टी शेरबहादर देउवालाई बुझाएको प्रतिवेदनमा ४ लाख ४३ हजार ६७८ नयाँ क्रियाशील बनाएको हो भने ४ लाख ९ हजार ३३ जनाको नविकरण गरिएको छ।
रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले करिब डेढ महिना लगाएर सदस्यताको काम सम्पन्न गरेको हो।
कुन प्रदेशमा कति ?
प्रदेश नम्बर १– एक लाख ७४ हजार सात सय ८२ जना।
प्रदेश नम्बर २– एक लाख १२ हजार ९ सय ४६ जना।
प्रदेश नम्बर ३ (बागमती)– एक लाख ८६ हजार एक सयम ४३ जना।
प्रदेश नम्बर ४ (गण्डकी)– एक लाख १८ हजार ६ सय ३३ जना।
प्रदेश नम्बर ५ (लुम्बिनी)– एक लाख ३० हजार ८ सय ८५ जना।
प्रदेश नम्बर ६ (कर्णाली)– ५४ हजार ५ सय ६६ जना।
प्रदेश नम्बर ७ (सुदुरपश्चिम)– ७४ हजार ७ सय ५६ जना।