अश्लिल चलचित्र निर्माण र विक्रीवीतरणमा संलग्न भएको आरोपमा पक्रा परेका राज कुन्द्रालाई न्यायिक हिरासतमा पठाइएको छ।
मगंलबार अदातलले उनलाई १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको हो। कुन्द्राका अधिवक्ताले जमानतका लागि दिएको निवेदन खारेज गर्दै अदालतले यस्तो आदेश दिएको हो।
मुम्बई प्रहरीले भने ७ दिन हिरासतमा राख्न माग गरेको थियो। यो प्रकरण थप खुलाशाहरु हुँदै गएपछी कुन्द्राको समस्या बढेको छ।
यसैविच कुन्द्राकी पत्नी एवम् बलिउड अभिनेत्री शिल्पा शेट्टीले कुन्द्रा निर्दोश रहेको बयान दिएकी थिइन।